खेल


वेस्ट इन्डिजविरुद्ध नेपालको लगातार विकेट पतन

वेस्ट इन्डिजविरुद्ध नेपालको लगातार विकेट पतन

नेपालखबर
फागुन ३, २०८२ आइतबार १२:०, काठमाडौँ

दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध लगातार विकेट पतन भएपछि भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोली दबाबमा आएको छ।

मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा ३ र लगत्तै अर्को विकेट गुमाएको छ। सातौँ विकेटको तेस्रो बलमा आरिफ शेख पनि ८ बलमा २ रन बनाएर आउट भए।


क्रिजमा दीपेन्द्र सिंह ऐरीलाई साथ दिन अहिले लोकेश बम आएका छन्। 

नेपाल ४.१ ओभरमा ३–१७ को अवस्थामा थियो। ओपनर कुशल भुर्तेल ३ बलमा १ रन बनाउँदा अकिल हुसेनको बलमा बोल्ड आउट भए। आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा जेसन होल्डरको बलमा क्कयाच आउट भए। कप्तान रोहित पौडेल ७ बलमा १ चौका सहयोगमा ५ रन बनाउँदा म्याथु फोर्डको बलमा एलबीडब्लु धरापमा परे।

आठ ओभर सकिँदा नेपाल ४ विकेट क्षतिमा २७ रनमा खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad