अघिल्लो दिनको तुलनामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झन्डै १ डिग्री सेल्सियस घटेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार शनिबार ८.९ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम आइतबार ८.० मा झरेको हो।
मौसमविद्का अनुसार सामान्य तलमाथि भइरहे पनि अहिले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम क्रमश: बढ्दो क्रममा छ।
गत पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम त्यसयता क्रमश: बढ्दै अहिले करिब ९ डिग्री सेल्सियससम्म उक्लिसकेको छ। अधिकतम तापक्रम पनि २१ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ।
शनिबार भने काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ डिग्री सेल्सियस थियो।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् आजको न्यूनतम र हिजोको अधिकतम तापक्रम विवरण

Shares

प्रतिक्रिया