खेल


राष्ट्रिय हक्की सोमबारदेखि, ६ टिम सहभागी हुने

राष्ट्रिय हक्की सोमबारदेखि, ६ टिम सहभागी हुने

नेपालखबर
फागुन १, २०८२ शुक्रबार १९:२०, काठमाडौँ

नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ। प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोसी, मधेस, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी छ टिम सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

आयोजक नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठका अनुसार सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।

महिलामा गण्डकी, कोसी, मधेस, सुदूरपश्चिम र बागमती प्रदेशसहित पाँच टिमको सहभागिता रहने छ। राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन्।

दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार पाउने आयोजक सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए। उत्कृष्ट खेलाडीलाई रु पाँच हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार नगदबाट पुरस्कृत गरिने छ।

यही फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन्। हक्की सङ्घको आयोजनामा दशरथ रङ्गशालामा पहिलोपटक हक्कीको प्रतियोगिता हुन लागेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad