खेल


यो विश्वकप हाम्रा लागि महत्त्वपूर्ण छ, राम्रो गर्ने सोचेका छौँ: रोहित पौडेल

यो विश्वकप हाम्रा लागि महत्त्वपूर्ण छ, राम्रो गर्ने सोचेका छौँ: रोहित पौडेल

नेपालखबर
माघ २२, २०८२ बिहिबार १६:३५, काठमाडौँ

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले यस पटकको आईसीसी टी-२० विश्वकप नेपाली टोलीका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। 

बिहीबार भारतको चेन्नेईमा आयोजित विश्वकप खेल्ने टोलीका कप्तानसँगको भेटघाटमा पौडेलले आफ्नो धारणा राखेका हुन्। ‘यो विश्वकप हामी सबैको लागि महत्त्वपूर्ण छ,’ पौडेलले भने। 

उनले सन् २०२४ र यस वर्षको विश्वकप फरक रहने बताए। ‘२०२४ को विश्वकप, हामी २०१४ को विश्वकप देखेर खेल्न प्रभावित भएका थियौँ। यो पटक २०२४ को विश्वकप देखेर नयाँ पुस्ता आएको छ,’ उनले भने। 

पछिल्लो समय नेपाली टोलीको खेलमा पनि सुधार आएको पौडेलको भनाइ थियो। टेस्ट खेल्ने टोलीसँग खेलेकाले यस पटकको विश्वकपमा राम्रो गर्न सकिने उनले बताए। ‘पछिल्लो वर्षहरूमा टेस्ट टोलीसँग खेलेका थियौँ। यसले राम्रो इक्सपोजर पाएका छौँ। त्यसैले यो पटक राम्रो गर्ने सोचेका छौँ,’ पौडेलले भने। 

व्यक्तिगत रुपमा पनि आफ्नो सतप्रतिशत दिने उनको भनको भनाइ थियो। ‘म आफै पनि रोहित शर्माको ठूलो फ्यान हुँ। त्यसैले पनि विश्वकपमा म आफ्नो सतप्रशित दिनेछु,’ उनले भने। 

माघ २४ देखि भारत र श्रीलंकामा टी-२० विश्वकप सुरु हुँदै छ। त्यसका लागि नेपाली टोली भारतमै रहेको छ। नेपालले आइतबार इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad