खेल


भारत–पाकिस्तानको खेल नहुँदा २५ करोड डलर घाटा हुने आकलन

भारत–पाकिस्तानको खेल नहुँदा २५ करोड डलर घाटा हुने आकलन

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८२ मंगलबार १४:५५, काठमाडौँ

आईसीसी टी–२० विश्वकपमा फेब्रुअरी १५ मा हुने भारत र पाकिस्तानबीचको खेल नहुँदा २५ करोड अमेरिकी डलर रुपैयाँ घाटा हुने भएको छ। 

एजेन्सीहरुका अनुसार अन्तर्राष्ट्रिय क्रिकेटका चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल नहुँदा २५ करोड अमेरिकी डलर बढीको राजस्व संकलन नहुने देखिएको हो। 

आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो भारतसँगको खेल नखेल्ने पाकिस्तान क्रिकेट बोर्डले बताइसकेको छ। सोही कारण यो घाटा हुने अनुमान गरिएको छ।  

दुई देशबीचको तनावपूर्ण सम्बन्धका कारण कट्टर प्रतिद्वन्द्वीलाई आईसीसीले एउटै समुहमा राख्दै आएको छ।

पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको थियो। 

यदि पाकिस्तान यही निर्णयमा अडिग रहे उनीहरुले करोडौँ राजस्व गुमाउने जोखिम बढेको हो। भारत र पाकिस्तानबीचको खेल नभए आईसीसीको कोष र भारतको मिडिया अधिकार जियोस्टारलाई ठूलो क्षति पुर्याउनेछ। यसले ३ अर्ब अमेरिकी डलरको सम्झौतामा पुनः वार्ता गर्न खोजिरहेको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

भारत र पाकिस्तानबीचको खेलमा १० सेकेन्डको व्यावसायिक स्लटका लागि ४० लाख रुपैयाँसम्म खर्च हुनेछ। होस्ट ब्रोडकास्टरले २ सय करोडदेखि २ सय ५० करोड भारतीय रुपैयाँसम्मको विज्ञापन घाटा व्यहोर्न सक्छ। 

पाकिस्तानले वाकओभर दिएर खेल नखेले भारतलाई पूरा अंक दिए पनि आईसीसीले पाकिस्तानी क्रिकेट बोर्डलाई आर्थिक जरिवाना लगाउन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad