आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध पहिलो वार्म अप म्याच खेल्दै छ।
चेन्नइको एमए चिदाम्बरमा स्टेडियममा आज साँझ सवा ५ बजे नेपाल र यूएईको खेल हुनेछ। एशोसियट क्रिकेटमा ‘एल क्लासिको’ नामले परिचित नेपाल र यूएई चिर प्रतिद्धन्दी टोली हुन्।
विश्वकपअघि नेपाली टोलीले चेन्नइमा दुई अभ्यास खेल खेल्नेछ। नेपालले दोस्रो वार्म अप म्याच क्यानडाविरुद्ध बिहीबार खेल्नेछ।
त्यसपछि नेपाली टोली विश्वकपका लागि मुम्बइ पुग्नेछ। विश्वकप माघ २४ गतेदेखि सुरु हुँदै छ।
126
Shares

प्रतिक्रिया