खेल


नेपाललाई पहिलोपटक विश्व तेक्वान्दो महासंघको अवार्ड

नेपाललाई पहिलोपटक विश्व तेक्वान्दो महासंघको अवार्ड

विश्व तेक्वान्दो महासंघबाट ‘कोच अफ द इयर २०२५ अवार्ड’ पाएपछि कविराज नेगी लामा।


नेपालखबर
माघ २०, २०८२ मंगलबार ८:२१, काठमाडौँ

नेपालको तेक्वान्दो खेलको इतिहासमा नेपाली खेलाडीले पहिलोपटक विश्व तेक्वान्दो महासंघ (डब्ल्यूटीएफ) बाट अवार्ड पाएका छन्।

नेपाल तेक्वान्दो संघका अनुसार पहिलोपटक नेपाली खेलाडी कविराज नेगी लामाले विश्व तेक्वान्दो महासंघबाट कोच अफ द इयर २०२५ को अवार्ड जितेका हुन्।

नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका सफल प्रशिक्षक लामालाई सोमबार (फ्रेबुअरी २) मा संयुक्त अरब इमिरेट्स, फुजैराहको एमिरेट्स बलरुम अल बहर होटल एन्ड रिसोर्टमा आयोजित वर्ल्ड तेक्वान्दो गाला अवार्ड २०२५ अन्तर्गत पारा तेक्वान्दो कोच अफ द इयर अवार्ड प्रदान गरिएको हो। 

नेपाली पारा तेक्वान्दो खेल विकास र विस्तारमा पुर्‍याएको योगदान मूल्यांकन गरी कविराजलाई वर्ल्ड तेक्वान्दो टेक्निकल कम्मिसनले कोच अफ द इयर २०२५ मा छनोट गरी सिफारिस गरेको थियो।

सोही आधारमा नेगीलाई विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. चाउ चुङ-वनले तेक्वान्दो खेलको सबैभन्दा ठुलो तथा प्रतिष्ठित पारा तेक्वान्दो कोच अफ द इयर अवार्ड प्रदान गरेका हुन्। 

डब्ल्यूटीएफले हरेक वर्ष आयोजना गर्ने वर्ल्ड तेक्वान्दो गाला अवार्डमा ओलम्पिक तथा पाराओलम्पिकका वर्षका उत्कृष्ट पुरुष/महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट रेफ्री र उत्कृष्ट सदस्य राष्ट्रिय संघलाई अवार्ड दिने गरेको छ।

विश्व तेक्वान्दो महासंघ (डब्ल्यूटीएफ) मा नेपालसहित २१३ राष्ट्र आबद्ध छन्। 

सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टिमको प्रशिक्षक रहेका नेगीले यसअघि नेपालका लागि अन्तर्राष्ट्रिय अफिसियल १३ पदक जितिसकेका छन्।

जसमा एसियन गेम्सदेखि पाराओलम्पिकसम्म तथा एसियन च्याम्पियनसिपदेखि वर्ल्ड च्याम्पियनसिपसम्म पदक ३ स्वर्ण, २ रजत र ८ कास्य पदक छन्।

नेगीकै प्रशिक्षणमा पलेसा गोवर्धनले पेरिस २०२४ पाराओलम्पिक गेम्स तथा हाड्जाऊ एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक प्राप्त गरेकी थिइन् भने सिर्जना घिसिङले २०२२ वर्ल्ड ग्रान्ड प्रिक्स फाइनल (जी-१०) मा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

नेगीले हालै पोखरामा सम्पन्न एनएसजेएफ पर्ल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कोच अफ द इयर अवार्ड पाएका थिए भने नेपाल ओलम्पिक कमिटीबाट २०२२ एनओसी वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड तथा राष्ट्रिय खेलकुद परिषद्‌बाट २०२४ पारा तेक्वान्दो उत्कृष्ट प्रशिक्षक अवार्ड र नेपाल तेक्वान्दो संघबाट २०२४ उत्कृष्ट प्रशिक्षक अवार्ड तथा बागमती प्रदेश खेलकुद अवार्ड २०८२ मा उत्कृष्ट प्रशिक्षक अवार्डसमेत हासिल गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad