स्पेनी फुटबल महासंघका प्रमुख राफेल लुजानले फिफा विश्वकप २०३० को फाइनल खेल स्पेनमा हुने बताएका हुन्।
मोरक्कोले फाइनल खेल आयोजना गर्न चासो देखाए पनि स्पेनी फुटबल महासंघका प्रमुख राफेल लुजानले स्पेन फाइनल खेलाउन सक्षम रहेको बताएका हुन्। उनले भने, ‘स्पेनले धेरै वर्षदेखि आफ्नो संगठनात्मक क्षमता प्रमाणित गरेको छ।’
लुजानले रियल मड्रिडको बर्नाबेउ रंगशाला र बार्सिलोनाको नोउ क्याम्पलाई खेल आयोजना गर्ने प्रमुख स्थानको रुपमा हेरिए पनि थप विवरण भने खुलाएनन्।
मोरक्को क्यासाब्लाङ्काको ग्रान्ड स्टेड हसन-२ मा फाइनल गराउन चाहन्छ। जुन एक लाख १५ हजार क्षमताको रहेको छ। यो विश्वको सबैभन्दा धेरै क्षमता भएको रंगशाला हो। सन् २०२८ मा यसको निर्माण सकिने अपेक्षा गरिएको छ।

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुँदै छ। विश्वकपको सयौँ वार्षिकोत्सव मनाउन सुरुवाती तीन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ।
फिफाले गत वर्ष सन् २०३० को फाइनलका लागि स्थान तय गर्नु हतार भएको बताएको थियो। किनकि, सन् २०२६ को विश्वकप फाइनलका लागि आयोजना शहरको नाम प्रतियोगिता हुनुभन्दा २ वर्षअघि मात्र सार्वजनिक गरिएको थियो।
स्पेनले सन् २०३० को विश्वकपका खेल आयोजना गर्न ११ रगंशाला प्रस्ताव गरेको छ। जसमध्ये मोरक्कोले ६ र पोर्चुगलले तीन रगंशाला प्रयोग गर्ने तयारी गरेको छ।
Shares

प्रतिक्रिया