खेल


नेपाली क्रिकेट टोलीले विश्वकपअघि चेन्नईमा २ अभ्यास खेल खेल्ने, त्यसपछि मुम्बई जाने

नेपाली क्रिकेट टोलीले विश्वकपअघि चेन्नईमा २ अभ्यास खेल खेल्ने, त्यसपछि मुम्बई जाने

नेपालखबर
माघ १३, २०८२ मंगलबार १२:५, काठमाडौँ

श्रीलंका र भारतमा हुने आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले औपचारिक दुई अभ्यास खेल खेल्ने भएको छ। 

विश्वकप अघि नेपाली टोलीले संयुक्त अरब एमिरेन्ट्स (युएई) र क्यानडासँग दुई अभ्यास खेल खेल्नेछ।

नेपाली टोलीले पहिलो अभ्यास खेलमा युएईसँग फेब्रुअरी ३ मा अभ्यास खेल खेल्नेछ। दोस्रो अभ्यास खेलमा क्यानडासँग फेब्रुअरी ५ मा हुनेछ। दुवै खेल चेन्नईमा हुनेछ। 

चेन्नईमा दुई अभ्यास खेल खेलेपछि नेपाली टोली विश्वकपका लागि मुम्बई पुग्नेछ। 
विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ। टी–२० विश्वकप माघ २४ गतेदेखि श्रीलंका र भारतमा सुरु हुँदै छ।

नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इङल्यान्डविरुद्ध खेल्ने तालिका छ। 

नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग तथा तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। समुह चरणको अन्तिम खेलमा फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad