खेल


अभ्यास खेलमा आयरल्यान्डसँग नेपाल ९९ रनले पराजित

अभ्यास खेलमा आयरल्यान्डसँग नेपाल ९९ रनले पराजित

नेपालखबर
पुस ३०, २०८२ बुधबार १३:३६, काठमाडौँ

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा आयरल्यान्डसँग १ सय १ रनमा अलआउट भएको छ। 

बुधबार भएको औपचारिक पहिलो अभ्यास खेलमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो। आयरल्यान्डले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको नेपाली महिला टोली १९ ओभरमा १ सय १ रनमा नै समेटियो। 

नेपालका लागि कविता जोशीले २८ र बिन्दु रावलले २५ रन बनाए। तल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय रनको योगफल तयार पारेको थियो। 

नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासँग खेल्नेछ। यसअघि नेपालले अमेरिका र स्कटल्यान्डसँग अनौपचारिक अभ्यास खेल खेलेको थियो। 

टी-२० महिला विश्वकपको ग्लोबल छनोट आइतबार देखि सुरु हुनेछ। नेपालले पहिलो पटक जिम्बावे र स्कटल्यान्डसँग खेल्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad