आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा अमेरिकालाई पराजित गरेको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा महिला टोलीले अमेरिकामाथि ४ विकेटको जित निकालेको हो।
अमेरिकाले दिएको १ सय ५८ रनको लक्ष्य नेपाली टोलीले १९ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। नेपालकी पूजा महतो ४३ र रुविना क्षेत्री ५ रनमा अविजित रहे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल तयार पारेको थियो।
यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाली टोली स्कटल्यान्डसँग २७ रनले पराजित भएको थियो।
नेपालले आज जिम्बाबेसँग अभ्यास खेल खेल्ने तालिका थियो। तर जिम्बाबेको टोली समयमा नै नेपाल नआइपुगेकाले अमेरिकासँग अभ्यास खेल खेलेको हो।
Shares

प्रतिक्रिया