खेल


एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज

एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १७:४८, काठमाडौँ

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले झण्डै पाँच हजार कफीको बिरुवा रोप्ने भएको छ। 

नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर यस कलेजले एनपीएलमा प्रहार भएका चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने निर्णय गरेको थियो।

कलेजले एक छक्का बराबर ६ वटा र एक चौका बराबर ४ वटा कफीको बिरुवा रोप्ने घोषणा गरको थियो। क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का अनुसार २०८२को एनपीएलमा ४२७ वटा छक्का र वटा ६०७ चौका प्रहार भएको छ। सोही अनुसार कलेजले छक्का बराबर दुई हजार ५६२ र चौका बराबर २ हजार ४२८ विरुवा रोप्दा जम्मा चार हजार ९९० वटा विरुवा रोप्ने भएको हो।

“कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,” कलेजका अध्यक्ष लक्ष्मण केसीले बताए।

यो वर्ष रोपाइँका लागि स्थान भने अझै निश्चित गरिएको छैन। उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ।

कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवद्र्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो। कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले ल्याएको छ।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी–थरीका बिरुवा रोपेको थियो। त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुईवटा विरुवा रोपिने दर कायम गरिएको थियो।

प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad