भारतको कोलकतामा भएको नवौं टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले ११ पदक जितेका छन्।
कोलकतास्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा डिसेम्बर २१ देखि २३ सम्म भएको प्रतियोगितामा जैसीदेवलका खेलाडीले ९ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका हुन्। डोजाङका प्रमुख राजेश प्रजापतिका अनुसार, पुम्सेमा रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेका हुन्।
त्यस्तै, गेरोगीमा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापा मगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण तथा राहुलहाङ लिम्बूले कांस्य पदक जितेका छन्।
प्रतियोगितामा अन्जित राई टिम प्रशिक्षक तथा भरत कारन्जित र सञ्जयध्वज जोशी अफिसियल थिए।
78
Shares

प्रतिक्रिया