खेल


यू-१९ एसिया कप : भारतलाई फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उचाल्यो उपाधि

यू-१९ एसिया कप : भारतलाई फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले उचाल्यो उपाधि

नेपालखबर
पुस ६, २०८२ आइतबार १८:१९, काठमाडौँ

भारतीय युवा टोलीलाई पराजित गर्दै पाकिस्तानले यू-१९ एसिया कपको उपाधि उचालेको छ।

आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

पाकिस्तानले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १ सय ५६ रनमै समेटियो।

भारतका लागि दीपेश देवेन्द्रनले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। ओपनर वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९, आरोन भार्गेसले १६ र अभिज्ञान कुन्डुले १३ रन जोडे।

भारतलाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि अली राजाले ४ विकेट लिए। मोहम्मद संय्याम, अब्दुल सुभान र हुजैफा हसनले समान २-२ विकेट लिए।

यसअघि युएईको आईसीसी एकेडेमीमा भारतीय युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको विशाल योगफल तयार पारेको थियो।

पाकिस्तानका लागि ओपनर समिर मिन्हासले सर्वाधिक १ सय ७२ रनको योगदान दिए। उनले १ सय १३ बलमा १७ चौका र ९ छक्का प्रहार गरे।

अहमद हुसैनले ५६ रन जोडे। उस्मान खानले ३५, कप्तान फरहान युसुफले १९ र हम्जा जाहुरले १८ रन बनाए।

भारतका लागि दिपेशले ३ विकेट लिए भने हेनिल पटेल, खिलान पटेल र कनिष्क चौहानले समान १-१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad