साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा भारतको इस्ट बंगालविरुद्व नेपालको एपीएफ एफसी दुई गोलले पछि परेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिँदा एपीएफ इस्ट बंगालविरुद्व २-० गोल अन्तरले पछि परेको हो। खेलको १७औँ मिनेटमा अनिता बस्नेतको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो।
खेलको २२औँण् मिनेटमा इस्ट बंगालकी कप्तान फजिला इक्वापिटले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाइन्।
त्यसलगत्तै २४औं मिनेटमा पेनाल्टी एरियाबाट फजिलाकै प्रहार एपीएफकी गोलरक्षक अञ्जनाले बचाइन्। खेलको ३५औँ मिनेटमा आशालताको क्रसमा शिल्की देवी हेमानको गोलमा इस्ट बगांलले अग्रता दोब्बर पारेको हो।
48
Shares

प्रतिक्रिया