अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शनिबार बिहानदेखि भारत भ्रमणमा छन्।
तीनदिने भारत भ्रमणअन्तर्गत अन्तिम दिन आज उनी राजधानी दिल्लीमा रहने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
शनिबार बिहान कोलकाता ओर्लिएका उनले त्यस दिन कोलकातासँगै हैदराबादको भ्रमण गरे।
दोस्रो दिन आइतबार उनी मुम्बईमा थिए। जहाँ उनीसँग भारतीय क्रिकेटर सचिन तेन्दुलकरदेखि सुनील क्षेत्रीसम्मका सेलिब्रेटीले भेट गरे।
आइतबार मेस्सीले सुआरेज र डी पलसँग मुम्बईमा भएको प्याडल कार्यक्रममा भाग लिए। उनलाई हेर्न वानखेडे स्टेडियममा भिड लागेको थियो।
साँझ ६ बजेतिर सचिन तेन्दुलकर र मेस्सी वानखेडे स्टेडियममा पुगेका थिए। सचिनले मेस्सीलाई उनको २०११ को एकदिवसीय विश्वकप जर्सी उपहार दिए।

अनि मेस्सीले क्षेत्रीलाई आफ्नो जर्सी उपहार दिए।

केही समयपछि मेस्सीले पेनाल्टी सुटआउटमा भाग लिए। त्यस क्रममा प्रशंसकहरूले ‘बार्सा’ (मेस्सीको पूर्वक्लब) को नारा लगाएका थिए।
सुटआउटपछि मेस्सीले मैदानको परिक्रमा गरे र दर्शकहरूतर्फ फुटबल फ्याँके। यस क्रममा उनले बालिकाहरूसँग एकछिन फुटबल पनि खेले।
الملك ميسي يلعب مع الأطفال ❤️ pic.twitter.com/sIgg1lQLIr
— Messi World (@M10GOAT) December 14, 2025
अन्त्यमा मेस्सीले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविस, बलिउड अभिनेता अजय देवगन र अभिनेत्री करिना कपुरसँग भेट गरे।
भेटघाटका केही तस्बिर :





Shares

प्रतिक्रिया