खेल


टी-२० शृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध भारतको जित

टी-२० शृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध भारतको जित

नेपालखबर
मंसिर २४, २०८२ बुधबार ५:१४, काठमाडौँ

दुई देशबीचको टी-२० शृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध भारत १०१ रनले विजयी भएको छ।

ओडिसाको कटकमा मंगलबार खेलिएको यो टी-२० खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

यद्यपि भारतको १७६ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ७४ रनमा अलआउट भयो।

दक्षिण अफ्रिकी टोलीको सुरुवात राम्रो थिएन।

पहिलो ओभरमै अर्शदीपको बलमा दोस्रो स्लिपमा अभिषेक शर्माको हातबाट क्विन्टन डी ककलाई क्याच गराए।

त्यसपछि दक्षिण अफ्रिकाको विकेट पतन हुँदै गयो।

आठ ओभरभित्रै दक्षिण अफ्रिकाको आधा टिम आउट भइसकेको थियो।

कप्तान एडेन मार्करामलाई अक्षर पटेलले मात्र १४ रनमा बोल्ड गरे।

त्यसपछि ट्रिस्टन स्टब्स, डेभिड मिलर, डोनोभान फरेरा र मार्को यान्सनले पनि धेरै राम्रो प्रदर्शन गर्न सकेनन्।

त्यसपछि बुमराहले ११औँ ओभरमा ब्रेभिस र केशव महाराजलाई आउट गर्दै खेलमा भारतको पकड बलियो बनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad