खेल


एनएसए कप पौडीमा आर्मी च्याम्पियन

एनएसए कप पौडीमा आर्मी च्याम्पियन

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १९:३३, काठमाडौँ

त्रिभुवन आमी क्लव १३ औं एनएसए कप पौडी च्याम्पियनसिपमा सर्वाधिक ९०५ फिना अंकका साथ च्याम्पियन भएको छ।

सातदोबाटोस्थित राष्ट्रिय हिटिङ पौडी पोखरीमा आइतबार सम्पन्न च्याम्पियनसिपमा आर्मी च्याम्पियन हुँदा शिर्ष तीन स्थानमा विभागीय टोली नै हाबी भयो। नेपाल पौडी संघको आयोजनामा सम्पन्न दुई दिने च्याम्पियनपिमा नेपाल पुलिस क्लव सात सय १९ र एपीएफ चार सय ७२ अंकसहित दोस्रो र तेस्रो भए।

यस प्रतियोगितामा कुल ३१ स्वर्ण पदकका लागि १७ वटा टोलीका एक सय ८३ खेलाडीले प्रतिष्पर्धा गरेका थिए। तर एउटा विधामा भने प्रतिष्पर्धी नपुग्दा खेल आयोजना भएन। तीन वटा राष्ट्रिय कीर्तिमान बनेको पहिलो दिन १५ स्वर्णको छिनोफानो भयो। दोस्रो दिन पनि १५ स्वर्ण पदकको टुङ्गो लाग्यो।

पुरुष चार सय मिटर फ्रिस्ट्यालमा जेम्सका कल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते। उनले चार मिनेट १४.२४ सेकेन्ड समय लगाए। यस विधामा अथर्भ सिंहको चार मिनेट १६.७ सेकेन्डमा कीर्तिमान थियो। आर्मीका सौरेनबहादुर सिंहले रजत र सुदूरपश्चिमका अथर्भले कांस्य पदक जिते।

पुरुषकै ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले कीर्तिमानसहित स्वर्ण पदक प्राप्त गरे। उनले आफ्नै नाममा रहेको ३०.५३ सेकेन्डको समय सुधार गरेका हुन्। यसपल्ट उनले ३०.३९ सेकेण्डको समय निकाले। एपीएफका जाडेन श्रेष्ठ र सगरमाथाका आरेक कर्मचार्य क्रमशः दोस्रो र तेस्रो भए। एक सय मिटर ब्याकस्ट्रोकमा जाडेनले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते।

उनले आफ्नै नाममा रहेको एक मिनेट १.४७ सेकेण्डको समय सुधार गरेका हुन्। यसपल्ट जाडेनले एक मिनेट ०.५९ मिली सेकेन्ड समयमा दूरी पार गरे। यस विधामा एपिएफका निर्णय थापाले रजत र पुलिस क्लवका आरुस अवालेले काँस्य पदक प्राप्त गरेका छन्।

यस विधाको महिलामा आर्मीकी मिखा श्रेष्ठले स्वर्ण जितिन्। उनले एक मिनेड ८।४३ सेकेण्ड समय लगाइन्। ब्रिटिस स्कुलकी स्निग्धा सेरचनले रजत र जेम्सकी श्रेया महर्जन काँस्य पदक जित्न सफल भइन्। एक सय मिटर ब्रस्टस्ट्रोकमा कोशी विकास कुमालले कीर्तिमानसहित स्वर्ण पदक जिते। उनको यो दोस्रो कीर्तिमान पनि हो। उनले आफ्नै नाममा रहेको एक मिनेट ७.५० सेकेण्डको समय सुधार गरेका हुन्।

यसपल्ट उनले एक मिनेट ६.८५ सेकेण्डको समय निकाले। यस विधामा एपिएफका जाडेन र आर्मीका आरभ अग्रवाल क्रमशः दोस्रो र तेस्रो भए। यसअघि पहिलो दिन जेम्सका कल्किनले १५ सय मिटर फ्रिस्ट्याल, इरभिनले दुई सय मिटर फ्रिस्ट्याल र सौर्यनले एक सय मिटर बटरफ्लाइमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad