खेल


एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिमलाई छैन कुनै दबाब

एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिमलाई छैन कुनै दबाब

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८२ शनिबार ६:४८, काठमाडौँ

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन्। 
 
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दैछन्।

त्यसैगरि दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ।

सुदूरपश्चिम अपराजित टिम हो। ६ खेलबाट १२ अङ्क जोड्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन। आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा खेल्नेछ। अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन्।

दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ। दुवै टोलीको छ खेलबाट चार/चार अङ्क मात्रै रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad