काठमाडौँ उपत्यकाकाको न्यूनतम तापक्रम २४ घण्टामै ह्वात्तै घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (शनिबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झरेको हो।
हिजो शुक्रबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस थियो। यस हिसाबले उपत्यकाको न्यूनतम तापक्रम एक दिनमै झन्डै ३ डिग्री सेल्सियस घटेको हो।
यद्यपि शुक्रबार बिहान ८:४५ बजे घटेर ८.६ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम मौसम महाशाखाले अहिले बिहान ८:४५ बजे सार्वजनिक गर्छ। त्यसबेलासम्म अझ घट्ने सम्भावना हुन्छ।
564
Shares

प्रतिक्रिया