सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेको हुन्। लुम्बिनीले एक खेलाडी परिवर्तन गरेको छ। गुल्बदिन नैबको स्थानमा जोनाथन स्मिथलाई ल्याएको छ।
त्यस्तै, विराटनगरले पनि एक खेलाडी परवर्तन गरेको छ। सेहान जयसूर्यको स्थानमा फाफ डु प्लेसिसलाई प्लेइङ–११ मा ल्याएको छ।
विराटनगर किंग्सको टोली : सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, नारायण जोशी, सुवास भण्डारी, साहिल पटेल, फाफ डु प्लेसिस, हेनरी जर्ज मुन्से, साम हिजलेट र मर्चेन्ट डि लाङगे।
लुम्बिनी लायन्सको टोली : रोहित पौडेल, सन्दीप जोरा, सुमित महर्जन, दिलीप नाथ, तिलक भण्डारी, शेर मल्ल, अविशेष गौतम, डि आर्सी जोन म्याथ्यु सर्ट, जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान र निरोसन डिकोवेल्ला।
Shares

प्रतिक्रिया