दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु प्लेसिस कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी बुधबार अपराह्न मैदानमा पुगेका हुन्। उनी एनपीएल खेल्न दुई दिनअघि मात्रै नेपाल आइपुगेका थिए।
उनी विराटनगर किंग्समा आवद्ध छन्। आज विराटनगर र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ। लुम्बिनीविरुद्धको खेलमा उनी मैदानमा उत्रिनेछन्।
त्रिवि क्रिकेट मैदानमा अभ्यासरत फाफ डु प्लेसिस। सबै तस्बिर : सरोज नेपाल/नेपालखबर







156
Shares

प्रतिक्रिया