सेयरबजारमा लगातार दोस्रो दिन गिरावट आएको छ। मंगलबार घटेको बजार बुधबार पनि १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा झरेको हो।
यस दिन ५ अर्ब २३ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कुल १ करोड कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको हो। यस कारोबारमा ७४ वटा सेयरको मूल्य बढे पनि १७७ वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमा कारोबार भएको नेप्सेले उल्लेख गरेको छ।
बुधबार पनि तीनवटा सेयरमा सर्किट लागेको छ। सागर डिस्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जी १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १७७.४०, १५१ र ९७.६० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन्। स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकका लगानीकर्ताले पनि आज कमाएका छन्।
कारोबारमा भने त्यति उत्साह देखिएको छ। सर्वाधिक कारोबार भएको बन्दीपुर केबलकारको १८ करोड, हिमालयन रिइन्स्योरेन्स १७ करोडको कारोबार भएको छ। फाइनान्स, होटल र पर्यटन, उत्पादन र प्रशोधन, सामूहिक लगानी सूचक बढे पनि बाँकी राताम्य छन्।
Shares

प्रतिक्रिया