खेल


एनपीएलमा ‘बाउन्ड्री’ले बढाएको उत्साह (तस्बिरहरू)

एनपीएलमा ‘बाउन्ड्री’ले बढाएको उत्साह (तस्बिरहरू)

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
मंसिर १३, २०८२ शनिबार २०:२५, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तिम चारको दौड नजिकै जाँदा दर्शकको उत्साह झनझन बढ्दै गएको छ। 

एनपीएलका आधाभन्दा बढी खेल सकिएका छन्। शनिबार जनकपुर बोल्टसलाई हराउँदै सुदूरपश्चिम रोयल्स अन्तिम चारमा पुगेको छ। अब तीन स्थानका लागि सात टोली प्रतिस्पर्धामा छन्। 

यस्तो वेला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने दर्शकको उत्साह थपिँदै गएको छ। विशेष गरेर ब्याटरले हिर्काउने चौका र छक्काले दर्शकलाई उत्साहित बनाउने गरेको छ। हरेक ‘बाउन्ड्र’मा दर्शक पनि उत्साहले उफ्रिने गरेका छन्। 

सुदूरपश्चिम र जनकपुरबीच भएको शनिबारको खेलमा ‘बाउन्ड्री’सँग बढेको दर्शकको उत्साहलाई नेपालखबरले कैद गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad