लुम्बिनी लायन्सका प्रशिक्षक सुवास खकुरेलले बाँकी दुई खेलमा जित निकालेर प्लेअफमा पुग्ने सम्भावना देखिएकाले आशावादी रहेको बताएका छन्।
पोखरा एभेन्सर्जमाथि जितपछि लुम्बिनीका प्रशिक्षक खकुरेलले बाँकी खेल जितेर प्लेअफमा पुग्नेमा आशावादी रहेको बताएका हुन्। खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले टिम लयमा पनि रहेकाले बाँकी दुई खेल जित्ने बताए।
टी-२० क्रिकेटमा ओपनिङ साझेदारी महत्त्वपूर्ण भए पनि राम्रोसँग चल्न नसकेको उनको भनाइ थियो। ओपनरहरूले धेरै मिहनेत गर्नुपर्ने उनले बताए। खराब लय आए पनि खेलाडीले आफ्नो प्रोसेस पछ्याउनुपर्नेमा उनले जोड दिए।
लुम्बिनीका मालिकले हारपछि सामाजिक सञ्जालमा पोखेको निरासपति उनले अन्यथा लिन नहुने उल्लेख गरे। खेलाडी र टिमलाई आवश्यक लगानी गरेपछि टिम मालिकले पनि त्यहीअनुरूप प्रतिफल खोज्नु स्वाभाविक रहेको उनको भनाइ थियो।
तर, कहिलेकाहिँ राम्रो लगानी गरे पनि प्रतिफल आउन समय लाग्ने उनले बताए। आईपीएलमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरले पनि १७ वर्षपछि उपाधि जितेको उनले स्मरण गराए।
हरेक खेलमा फिनिसिङ हुन नसके पनि आज सफल भएको उनले बताए। सन्दीप जोरा क्रिजमा रहँदा जित निकाल्छौं भन्ने आशामा रहेको उनको भनाइ थियो। यो जितले आगामी खेलमा आत्मविश्वास दिने उनको विश्वास छ।
Shares

प्रतिक्रिया