खेल


सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने

सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने

नेपालखबर
मंसिर १३, २०८२ शनिबार १५:२३, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान वायन पार्नेलले टस जितेर पहिले ब्याटिङ रोजेका छन्। जनकपुरले सुदूरपश्चिमविरुद्ध कप्तान परिवर्तन गरेको हो।

नियमित कप्तान अनिल साहको ठाउँमा वायनलाई ल्याइएको छ। आजको खेलमा अनिललाई बेन्चमा राखिएको छ।

जनकपुरले एक खेलाडी परिवर्तन गरेको छ। अनिल साहको स्थानमा आदित्य महतो सुरुवाति ११ मा आएका छन्। 

सुदूरपश्चिमले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। नरेन साउँदको स्थानमा मिलन बोहरा सुरुवाति ११ मा आएका छन्। 

सुदूरपश्चिम रोयल्सको टोली : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, ईशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहरा, क्रिस लिन, स्कट कुगेलाइन, जोस ब्राउन र हरमित सिंह।

जनकपुर बोल्ट्सको टोली: आशिफ शेख, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, मयन यादव, आदित्य महतो, रुपेशकुमार सिंह, वायन पार्नेल, माज सदाकत, जान निकोल लफ्टी–इटोन र संजय कृष्णमूर्ति। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad