खेल


राष्ट्रिय टोलीका दुवै ओपनर गोल्डेन डक आउट

राष्ट्रिय टोलीका दुवै ओपनर गोल्डेन डक आउट

आसिफ शेख र कुशल भुर्तेल।


नेपालखबर
मंसिर ११, २०८२ बिहिबार १८:९, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल)मा आमनेसामने भए। 

जनकपुर बोल्टसका मार्की खेलाडी आसिफ र पोखरा एभेन्जर्सका मार्की खेलाडी तथा कप्तान हुन्, कुशल भुर्तेल। एनपीएलको दोस्रो सिजन दुवैका लागि सोचे अनुरुप हुन सकिराखेको छैन। यसअघिका दुवै खेलमा दुवै टोली पराजित छन्। 

आजको खेलमा आमनेसामने हुँदा एउटा टोलीले पहिलो जित निकाल्नेछ भने अर्को टोली तेस्रो हार ब्यहोर्नेछ। तर, दुवै ओपनरको व्यक्तिगत प्रदर्शन भने खराब रह्यो। 

पोखराका लागि तेस्रो क्रममा आएका ब्याटर कुशल भुर्तेल सञ्जय कृष्णमूर्तिको बलमा गोल्डन डक आउट (पहिलो बलमै) भए। कृष्णमूर्तिले कुशललाई बोल्ड आउट गरे। ६१ रन बनाउँदा एडम रोसिङटन क्याच आउट भएपछि कुशल आएका थिए।

पहिले ब्याटिङ गरेको पोखराले जनकपुरसामु एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। जनकपुरका लागि आसिफ शेख ओपनिङमै आए। तर, उनको पनि हालत कुशलको झैं भयो। 

माज सदाकतले पहिलो बलमै छक्का प्रहार गर्दै राम्रो सुरुवातको संकेत गरेका थिए। तेस्रो बलमा एक रन जोडेर उनले आसिफलाई स्ट्राइक दिए। 

विपिन खत्रीको चौथो बलमा कुशललाई पोखराका विकेटकिपर एडम रोसिङटनले स्टम्पिङ आउट गराए। यसअघि पहिलो खेलमा ५९ रन बनाएका कुशलले दोस्रो खेलमा ५३ रन जोडेका थिए। 

आसिफले पनि पहिलो खेलमा ५४ रन बनाएका थिए भने दोस्रो खेलमा १३ रन जोडेर आउट भएका थिए। दुवैका लागि यो तेस्रो खेल हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad