जारी नेपाल प्रिमियर लिग दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिमविरुद्ध टस हारेको लुम्बिनीले १० ओभर सकिँदा ७० रन जोडेको छ।
२ विकेट गुमाएर लुम्बिनीले उक्त स्कोर बनाएको हो। डार्शी शर्ट १८ र सुमित महर्जन १८ रनमा आउट भए।
अहिले कप्तान रोहित पौडेल २१ रन बनाएर खेलिरहेका छन् भने दिलिप नाथले ९ रन जोडेका छन्।
सुदूरपश्चिमका हेमन्त धामी र हरमित सिंहले समान १ विकेट लिएका छन्।
पछिल्ला दुई खेलमा लगातार हार व्यहोरेको लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ भने सुदूरपश्चिम लगातार चौथो जितको खोजीमा छ।
जारी लिगमा ६ अंकसहित सुदूरपश्चिम पहिलो स्थानमा रहँदा २ अंक जोडेको लुम्बिनी छैठौँ स्थानमा छ।
102
Shares

प्रतिक्रिया