नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बुधबार इन्डोनेसियासँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। इन्डोनेसियाको घरेलु मैदानमा हुने खेल साँझ सवा ६ बजे सुरु हुनेछ।
नेपाल र इन्डोनेसिया महिला फुटबलमा दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१९ मा भएको एएफसी ओलम्पिक छनोटमा नेपालले इन्डोनेसियालाई २–१ गोल अन्तरले हराएको थियो।
नेपाली टोली आजको खेलमा पनि जितको लयलाई नै निरन्तरता दिन चाहान्छ। यद्यपि इन्डोनेसिया र चाइनिज ताइपेइ सम्मिलित अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, मुख्य डिफेन्डर गिता राना र मिडफिल्डर सविता रानामगर बिना नै मैदान उत्रदैछ। साम्बा र गीता दुवैचोटका कारण टोलीमा सामेल भएका छैनन्।
सविताको पनि घुँडामा समस्या देखिएकाले दुवै मैत्रीपूर्ण खेल खेल्न नसक्ने बताइएको छ। टोलीका मुख्य ३ खेलाडीबिना नै मैदान उत्रन लागेको नेपाली टोलीको कार्यवाहक कप्तानको जिम्मेवारी एञ्जिला तुम्बापो सुब्बाले गर्दैछिन्।
इन्डोनेसिया भने घरेलु मैदानमा पहिलो भेटमा भोगेको हारको बदला लिने योजनामा हुनेछ। नेपालले दोस्रो मैत्रीपूर्ण खेल २ डिसेम्बरमा चाइनिज ताइपेइसँग खेल्ने तालिका छ।
Shares

प्रतिक्रिया