खेल


दीपेन्द्र भन्छन्- गुल्सनसँगको सर्त जितेपछि फेरि ‘सेलिब्रेसन’ गरेँ

दीपेन्द्र भन्छन्- गुल्सनसँगको सर्त जितेपछि फेरि ‘सेलिब्रेसन’ गरेँ

नेपालखबर
मंसिर ८, २०८२ सोमबार २०:५९, काठमाडौँ

कर्णाली याक्ससँगको खेलमा गुल्सन झासँग लगाएको सर्त जितेपछि आफ्नै तरिकाले ‘सेलेब्रेसन’ गरेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले बताएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको थियो। कर्णालीलाई सस्तैमा समेट्न दीपेन्द्रले महत्त्वपूर्ण चार विकेट लिएका थिए। 

सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ७७ रनमा ६ विकेट गुमाइसकेको थियो। क्रिजमा रहेका गुल्सन झा १३ रन बनाएर खेलिरहेका थिए। उनको विकेट निर्णायक थियो। 

त्यहीवेला १५औंमा बलिङ गर्न आएका दीपेन्द्रले गुल्सनलाई बोल्ड आउट गरे। दीपेन्द्रले ‘समरसल्ट’ हान्दै ‘सेलिब्रेसन’ गरे। यसबारे सोधिएको प्रश्नमा उनले भने, ‘गुल्सन र मैले सर्त लगाएका थियौँ। सर्त जितेपछि सेलिब्रेसन गरेँ।’

यसअघि उनले चौथो ओभरमा मार्क वाटलाई आउट गरेपछि पनि ‘सेलिब्रेसन’ गरेका थिए। त्यो उनको तेस्रो विकेट थियो। 

आजको खेलमा उनले चार विकेट लिनुका साथै ३९ रन बनाएका थिए। आफैं बलिङमा आउनुको कारण बताउँदै दीपेन्द्रले भने, ‘कप्तानले टिमलाई लिड गर्नुपर्छ। कप्तानले राम्रो खेलेन भने टिमको मनोबल खस्किन्छ। त्यही सोचेर बलिङमा पनि लिड गरिराखेको थिएँ।’

अहिले आफ्नो टिमले राम्रो खेलिरहेको उनले बताए। ‘एकदमै राम्रो भइरहेको छ। टिम राम्रो खेलिरहेको छ,’ उनले भने। सुदूरपश्चिमले अहिलेसम्म खेलको तीनै खेल जितेको छ। 

आजको खेलमा ब्याटिङ केही कमजोर भए पनि बलिङले कभर गरेको उनको भनाइ थियो। ‘एक–दुई पार्टनरसिपले ठिकै स्कोर बन्यो। ब्याटिङमा राम्रो गर्न सकेनौं। बलिङमा एकदमै राम्रो गर्‍यौं,’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad