खेल


सन्दीप लामिछाने भन्छन्- सफलतामा ‘इन्जोय’ गरिरहेका छौँ

सन्दीप लामिछाने भन्छन्- सफलतामा ‘इन्जोय’ गरिरहेका छौँ

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १६:९, काठमाडौँ

जनकपुर बोल्टसविरुद्ध रोमाञ्चक जित हासिल गरेको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने टिमको सफलतामा रमाइरहेको बताएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले लगातार तेस्रो जित हासिल गरेको छ। सोमबारको पहिलो खेलमा विराटनगरले जनकपुरलाई नौ रनले पराजित गरेको छ। सन्दीपले चार विकट लिएपछि विराटनगरले अन्तिम ओभरमा जित हासिल गरेको थियो। 

खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विराटनगरका कप्तान सन्दीपनले भने, ‘अहिले सफलतामा इन्जोय गरिरहेका छौँ।’ 

उनले अठारौँ ओभरमा दुई विकेट लिएपछि खेल विराटनगरको पक्षमा फर्किएको थियो। त्यही खेलको ‘टर्निङ प्वइन्ट’ बनेको थियो। यसबारे सोधिएको प्रश्नमा सन्दीपले भने, ‘त्यो टर्निङ प्वइन्टसम्म पुग्न सबैको योगदान छ। मेरो लागि सहज बनाइदिए। त्यसैले मैले त्यो प्वइन्टमा गएर राम्रो गर्न पाएँ।’

आजको बलिङ पिच भएकाले धेरै रन नबनेको उनको भनाइ थियो। ‘आज बलिङका लागि फेबरेट कन्डिसन थियो। ब्याटिङका लागि च्यालेन्जिङ थियो,’ उनले भने, ‘यस्तो कन्डिसनमा स–सानो रनले ठूलो महत्त्व राख्छ।’

अहिलेसम्म विराटनगरका सबै खेलाडीले राम्रो खेलिरहेको उनको भनाइ थियो। आगामी खेलमा पनि राम्रो गर्ने उनको विश्वास थियो। ‘हामी आफ्नो प्लानमा क्लियर छौं। टिमको कम्बिनेसन पनि राम्रो भइरहेको छ,’ सन्दीपले भने। 

प्रारम्भिक ब्याटर लोकेश बमको प्रदर्शनलाई लिएर सोधिएको प्रश्नमा पनि उनले सन्तुष्टि जनाए। ‘यो फर्मेटका लागि लोकेश बम बेस्ट ब्याटर हो। लोकेशको बेस्ट पर्फमेन्स आउनै बाँकी छ,’ सन्दीपले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad