खेल


उपविजेता नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

उपविजेता नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

नेपालखबर
मंसिर ८, २०८२ सोमबार १६:१९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिएकी छन्। श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो।

‘दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ। फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका बाबजुद विश्वमा नेपाल र नेपालीको शीर उच्च राख्ने टिमलाई हार्दिक बधाई’, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भनेकी छन्।

विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad