खेल


इन्डोनेसियामा सिरिज खे‍ल्ने महिला फुटबल टोलीको बिदाइ, कप्तानी एञ्जिलाले गर्ने

इन्डोनेसियामा सिरिज खे‍ल्ने महिला फुटबल टोलीको बिदाइ, कप्तानी एञ्जिलाले गर्ने

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १८:१५, काठमाडौँ

इन्डोनेसियामा हुने फिफा टायर पहिलो त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागीता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोली आइतबार इन्डोनेसिया प्रस्थान गरेको छ।

नेपाली टोलीलाई आइतबार नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई, सीईओ इन्द्रमान तुलाधरलगायतले बिदाइ गरे। नेपालले पहिलो खेल नोभेम्बर २६ तारिख घरेलु टोली इन्डोनेसिया र डिसेम्बर २ तारिख चाइनिज ताईपेइसँग प्रतिस्पर्धा गर्नेछ। 

टोलीका प्रशिक्षक नवीन न्यौपानेले एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा यसअघि नै २२ सदस्यीय महिला टोलीको घोषणा गरिसकेका छन्। नियमित कप्तान सावित्रा भण्डारी (साम्बा) अस्ट्रेलियामा वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने भएपछि उनी यसपटकको सिरिजमा अनुपस्थित हुने भएकी हुन्। उनी घाइते पनि छिन्।

सुब्बा यसअघि पनि कप्तान थिइन्। तर लामो विवादपछि साम्बालाई कप्तान बनाइएको थियो। तर, साम्बाको अनुपस्थितिमा उनलाई कप्तानको जिम्मेवारी दिइयो।

त्यस्तै यसपटकको सिरिजमा सविता राना मगर पनि छैनन्।  प्रशिक्षक न्यौपानले साम्बाबिना खेल्दा नेपाललाई लियोनल मेस्सीबिनाको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल खेले जस्तो हुने बताए। 

‘साम्बा टोलीको महत्वपूर्ण खेलाडी हुन्। उनको स्थानमा खेल्ने खेलाडीलाई प्रमाणित गने अवसर छ,'बिदाइ समारोहमा उनले भने, 'खास साम्बाबिना खेल्दा गाह्रो नै हुन्छ। इन्डोनेसिया र चाइनिज ताईपेइ बलिया टोली हुन् । हामीले एक साताको तयारी गरेका छौँ । सकभर राम्रो खेल्ने प्रयास गर्नेछौँ।’ 

महासचिव राईले महिला टोलीलाई एन्फाले राम्रो एक्पोजर दिएकोले नजिता राम्रो आउने विश्वास व्यक्त गरे। उनले नेपाली महिला टोली आगामी साफ च्याम्पियन बन्ने लक्ष्यको तयारी गरेर अगाडि बढिरहेको पनि बताए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad