कर्णाली याक्सविरुद्धको खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल ४९ रनमा आउट भएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबारको पहिलो खेलमा पौडेलले कर्णालीका कप्तान सोमपाल कामीको बलमा क्याच आउट भएका हुन्। उनले ४३ बलमा चार चौका र दुई छक्का प्रहार गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर ११८ रन बनाएको छ।
36
Shares

प्रतिक्रिया