सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्स विरुद्ध सुदूरपश्चिम रोयल्सले आक्रामक सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको हो। सुदूरपश्चिमले पावर प्लेमा ६० रन बनाएको छ।
सुदूरपश्चिमका प्रारम्भिक ब्याटरद्वय जोस ब्राउन र विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेका छन्। जोसले २० बलमा ३२ र विनोदले १६ बलमा २० रन प्रहार गरेका छन्।
पहिलो खेलमा पोखरा विराटनगरसँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो।
15
Shares

प्रतिक्रिया