सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) को आज काठमाडौँ गोर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। काठमाडौँले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। जेरहार्ड इरसमसको ठाउँमा सन्नी पटेल सुरुवाती ११ मा आएका छन्।
काठमाडौँ विरुद्ध खेल्दै सुदुरपश्चिम एनपीएलको सुरुवात गर्दै छ। काठमाडौँ भने लगातार दोस्रो जितको खोजीमा छ।
काठमाडौँको टोली : करण केसी (कप्तान), शाहब आलम, भीम सार्की, रसिद खान, सन्तोष यावद, आकाश त्रिपाठी, मोहम्मद आदिल आलम, बेन चार्ल्सवर्थ, मिलिन्द कुमार, जोहन सिम्पसन, सन्नी पटेल
सुदूरपश्चिमको टोली: दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, नरेन साउँद, ईशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन, हरमित सिंह।
Shares

प्रतिक्रिया