काठमाडौं गोर्खाजका बलरले लगातार विकेट लिएपछि जनकपुर बोल्ट्स दबाबमा परेको छ।
पहिलो ब्याटिङ गरेको जनकपुरले १० ओभरको खेल सकिँदा चार विकेट गुमाएर ५६ रन बनाएको छ। जनकपुरका प्रारम्भिक ब्याटर आसिफ शेख ३८ रन बनाएर क्रिजमा छन्। उनलाई मयन यादवले साथ दिएका छन्।
जनकपुरका लागि मिलन्था लाहिरुले सात र जान निकोल लफ्टी-इटोनले दुई रन बनाए। कप्तान अनिल साह शून्यमा आउट भए।
काठमाडौंका लागि मिलिन्द कुमारले तीन र सन्तोष यादवले एक विकेट लिए।
51
Shares

प्रतिक्रिया