बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नियमित गोलरक्षक किरण चेम्जोङको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका हुन्।
बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।
प्रशिक्षक खड्काले बंगलादेशविरुद्ध रक्षात्मक रणनिति अपनाएका छन्।
यसअघि नेपालमा भएको मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए। दोस्रो मैत्रीपूर्ण खेल भने जेनजी आन्दोलनको कारण रद्द भएको थियो।
बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ः
डिफेन्डरः सनिस श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, सुमित श्रेष्ठ, रोहित चन्द ठकुरी
मिडफिल्डरः लाकेन लिम्बु, आयुष घलान, मनिकुमार लामा, मनिष डाँगी
फरवार्डः अन्जन विष्ट
Shares

प्रतिक्रिया