खेल


सन् २०२६ मा अन्तिम विश्वकप खेल्दै रोनाल्डो

थुप्रै अन्तर्राष्ट्रिय उपाधि जितिसकेका रोनाल्डोले विश्वकपको ट्रफी भने उचाल्न पाएका छैनन्
सन् २०२६ मा अन्तिम विश्वकप खेल्दै रोनाल्डो

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ११:२६, काठमाडौँ

सन् २०२६ मा हुने फिफा विश्वकप पोर्चुगलका मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि अन्तिम विश्वकप हुनेछ। 

४० वर्षिय स्टार फरवार्डले पोर्चुगलकाका लागि ९ सय ५३ गोल गरेका छन्। अबको एक–दुई वर्षमा सन्न्यास लिने योजनामा रहेका रोनाल्डोले अन्तिम पटक सन् २०२६ को विश्वकप खेल्नेछन्। 

क्यानडा, मेक्सिको र अमेरिकामा हुने आगामी विश्वकप रोनाल्डोको लागि छैटौँ विश्वकप हो। 

साउदीको रियादमा टुरिस सम्मिटमा रोनाल्डोलाई सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले आगामी विश्वकप आफ्नो लागि अन्तिम हुने बताएका हुन्। अर्को वर्ष मा ४१ वर्षको हुन्छु, यो सबैभन्दा ठूलो प्रतिस्पर्धा हो। 

हाल उनी साउदीको अल नासारमा खेलिरहेका छन्। त्यसअघि म्यानचेष्टर युनाइटेड, रियल मड्रिड र युभेन्टसमा खेलिसकेका रोनाल्डो अबको केही वर्षमा सन्न्यास लिने योजनामा पुगेका हुन्। 

पाँच पटकको बालोन डिओर विजेता रोनाल्डोले पोर्चुगलले सन् २०१६ मा युरो कप जित्दा महत्वपूर्ण भूमिका निभाएका थिए। अन्तराष्ट्रिय थुप्रै उपाधि जितिसकेका रोनाल्डोले विश्वकपको ट्रफी उचाल्न भने बाँकी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad