आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा भइरहेको छ।
दुबईको आईसीसी एकेडेमीमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले पावर प्ले मा मध्यम प्रर्दशन गरेको छ।
१० ओभरको समाप्तीमा नेपालले १ विकेटको क्षतिमा ४१ रन बनाएर खेलिरहेको छ। क्रिजमा आशिफ शेख २० र भीम सार्की १४ रनमा अविजित छन्।
आशिफले २९ बलमा ३ चौका सहयोगमा २० रन बनाएका छन्। भीमले २२ बलमा २ चौका मदतमा १४ रन बनाएर खेलिरहेका छन्।
त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाउँदा जाहिद अलीको बलमा विकेटकिपर आर्यान्स शर्माको हातबाट क्याच आउट हुन पुगे।
84
Shares

प्रतिक्रिया