खेल


त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा आज भारतसँग भिड्दै नेपाल

त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा आज भारतसँग भिड्दै नेपाल

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार ७:२७, काठमाडौँ

इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टोली आज (सोमबार) चिरप्रतिद्वन्द्वी भारतविरुद्ध भिड्दै छ। 

भारतको सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा हुने खेल नेपाली समय साँझ सवा ६ बजे सुरु हुनेछ। 

नेपालमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। साफमा नेपाली महिला फुटबल टोली विजयी भएको थियोे।

आजको खेलमा पनि नेपाल सोही लय कायम राख्न चाहन्छ। 

उता एसियन कपमा छनोट भैसेकेको भारत पनि नेपाललाई पराजित गर्ने रणनीतिमा हुनेछ।

जारी शृंखलामा नेपाल पहिलो खेलमा इरानसँग ३–० गोलअन्तरले हारेको छ। यो हारसँगै नेपाल उपाधिबाट टाढिएको थियो।

त्रिकोणात्मकपछि नेपाल र भारतबीच कात्तिक १३ गते फेरि मैत्रीपूर्ण खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad