खेल


इरानसँग ३-० गोलले पराजित भयो नेपाल

इरानसँग ३-० गोलले पराजित भयो नेपाल

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार २०:१९, काठमाडौँ

भारतमा जारी इरान सम्मिलित त्रिकोणात्मक मैत्रीपूर्ण महिला फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली पराजित भएको छ। सिलोङस्थित जवहारलाल नेहरु रगंशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल इरानसँग ३-० गोलअन्तरले पराजित भएको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भयो। खेलमा नेपालले गोल गर्ने केही सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। 

नेपाल इरानसँग पहिलोपटक पराजित भएको हो। यसअघि भारतमा भएको हिरो गोल्डकपमा नेपालले इरानलाई ३-० ले गोल अन्तरले नै हराएको थियो। आज इरानले त्यसको बदला लियो। 

अब प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad