खेल


नेपालगञ्जमा ‘नेसनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्जमा ‘नेसनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

फाइल फोटो


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १६:३७, काठमाडौँ

आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप–२०२५ आयोजना गरिने भएको छ। नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ।

क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिए। विद्यालयलक्षित प्रतियोगितामा आठ, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने उनले बताए।

कुनै सङ्घ, संस्था वा क्लबले पनि संस्थागत रूपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। 

आठ वर्षमूनि उमेर समूहका खेलाडीले २५ मिटर, १० मुनिकालाई ५० मिटर, १२ र १४ मुनिका खेलाडीबीच ५० र १०० मिटर तथा खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न ५६ वटा ‘इभेन्ट’ हुनेछन्। 

क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले नेपाल पौडी सङ्घको केन्द्रीय वार्षिक क्यालेन्डरअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad