समाज


विपिन जोशीको शव नेपाल पठाउने इजरायलको तयारी

विपिन जोशीको शव नेपाल पठाउने इजरायलको तयारी

नेपालखबर
असोज २८, २०८२ मंगलबार १९:३५, काठमाडौँ

परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका महानिर्देशक इडेन बार टालसँग टेलिफोन वार्ता गरेका छन्। 

वार्ताका क्रममा महामहिम बार टालले हमासको कब्जामा रहँदा नेपाली विद्यार्थी विपिन जोशीको दुःखद निधन भएको जानकारी गराउँदै जोशीको शोकसन्तप्त परिवारप्रति, साथै नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरे।

बार टालले जोशीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक सबै व्यवस्था मिलाउने प्रतिबद्धता जनाए।

परराष्ट्र सचिव राईले अपहृतहरूको सुरक्षाका लागि अन्तिम क्षणसम्म इजरायल सरकार र जनताले गरेका निरन्तर प्रयासप्रति कृतज्ञता प्रकट गरे। साथै, तेलअभिवस्थित नेपाली दूतावासलाई इजरायली अधिकारीहरूसँग नजिकको समन्वय गरी शव पठाउनका लागि आवश्यक तयारी मिलाउन निर्देशन दिइएको जानकारी दिए।

दुवै पक्षले मध्यपूर्व शान्ति योजनाको पहिलो चरणमा देखिएका सकारात्मक प्रगतिले आगामी चरणहरूको सफल कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने र क्षेत्रीय शान्ति तथा स्थायित्वमा सहयोग पुर्‍याउने आशा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad