कर्णाली याक्स स्पोटर्स प्रालिले कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेतलाई नियुक्त गरेको छ।
क्लबका अध्यक्ष झनकदत्त खनालले नेपालका पूर्व खेलाडी तथा प्रशिक्षक बस्नेतलाई दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि बुधबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
आगामी मंसिरमा हुने एनपीएलका लागि कर्णाली याक्सले मुख्य प्रशिक्षकमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिसकेको छ।
गतवर्ष भएको एनपीएलमा कर्णालीले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।
कर्णालीले प्रतियोगिताको दोस्रो संस्करणका लागि मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ। कर्णालीले मार्की खेलाडीमा सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको थियो। दीपेन्द्र, अर्जुन र युनिसविक्रम कर्णाली प्रदेशकै हुन्।
Shares

प्रतिक्रिया