खेल


पाकिस्तानलाई हराउँदै भारतले नवौँपटक जित्यो एसिया कप

पाकिस्तानलाई हराउँदै भारतले नवौँपटक जित्यो एसिया कप

नेपालखबर
असोज १३, २०८२ सोमबार ६:२८, काठमाडौँ

पाकिस्तानलाई हराउँदै भारतले नवौँपटक एसिया कपको उपाधि जितेको छ। 

गएराति भएको एसिया कप २०२५ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले जित्दै भारतले उपाधि हात पारेको हो। 

भारतले यसअघि सन् १९८४, १९८८, १९९०–९१, १०९५, २०१०, २०१६, २०१८ र २०२३ मा पनि एसिया कपको उपाधि जितेको थियो।

पाकिस्तानले दिएको १ सय ४७ रनको लक्ष्य भारतले २ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो। 
भारतका लागि तिलक बर्माले ६९ रनको अविजित पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। 

भारत एक समय ४ ओभरमा ३–२० को अवस्थामा थियो। चौथो विकेटका लागि सञ्जु सामसन र तिलकले ५७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। सञ्जु सामसनले २४ रन थपे। रिंकु सिंह २ रनमा नटआउट रहे। शिवम दुवेले ३३ तथा शुभमन गिल १२ रन बनाउँदै पेभेलियन फर्के। 
पाकिस्तानका लागि फहिक असरफले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान एक विकेट आफ्नो नाममा गरे। 
त्यसअघि दुवई क्रिकेट रगंशालाामा भारतले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा १ सय ४६ रन बनाउँदा अलआउट भयो। 
पहिलो विकेटका लागि ओपनर जाहिबजादा फरान र फखर जमानले ८४ रनका उत्कृष्ट साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए। 
ओपनर जाहिबजादा फरानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। फखर ४६ रनका आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका सैम अयुबले १४ रन थपे। 
त्यसपछि पाकिस्तानको ब्याटिङ लाइन ध्वस्त हुँदा विशाल योगफल बनाउने सुन्दर मौका टोलीले गुमायो। पाकिस्तानका ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 
भारतका लागि कुलदिप यादवले ४ विकेट लिए। जसप्रित बुमराह, वरुण चक्रवती र अक्षर पटेलले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad