वेष्ट इण्डिजविरुद्धको ऐतिहासिक खेलमा नेपालले छैटौँ सफलता प्राप्त गरेको छ।
पन्ध्रौँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले जासोन होल्डरलाई कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए।
यूएईको शारजाह क्रिकेट मैदानमा नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज १५ औँ ओभरको खेल जारी रहँदा ६ विकेटको क्षतिमा ७७ रन बनाएर खेलिरहेको छ।
पहिलो इनिङ्सको डेथ ओभरमा चुकेको नेपाली टोलीले फिल्डिङमा भने वेष्ट इण्डिण्जको टोलीमाथि दबाब बनाइ राखेको छ।
वेष्ट इण्डिजका अमिर जांगो १९ रन बनाउँदा ललित राजवंशीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।
कप्तान रोहित पौडेलले आठौँ ओभरको चौथो बलमा जेवेल एन्ड्रयुलाई ५ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
नन्दन यादवले पाचौँ ओभरको पाचौँ बलमा अकिम अगस्तेलाई १५ रनमा दिपेन्द्र सिहं ऐरिको हातबाट क्याच आउट गराउँदै विकेट लिएका हुन्।
दोस्रो ओभरको दोस्रो बलमा ओपनर केली मेयर्स ५ रनमा रन आउट भए।
Shares

प्रतिक्रिया