आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले गर्ड मुलर ट्रफी जितेका छन्।
सिजन २०२४-२५ मा युरोपेली फुटबलमा क्लब र देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने यो ट्रफी भिक्टरलाई प्रदान गरिएको हो।
२७ वर्षीय खेलाडीले गत सिजन पोर्चुगिज क्लब स्पोर्टिङका लागि ५२ खेलमा ५४ गोल गरेका थिए। स्वीडेनका लागि छ नेसन्स लिग खेलमा नौ गोल गरेका थिए। उनी यही सिजन ६४ मिलियन युरोमा आर्सनलमा सामेल भइसकेका छन्।
गत सिजन बायर्न म्युनिखका ह्यारी केन र रियल म्याड्रिडका केलियन एमबाप्पे संयुक्त रुपमा पाएका थिए। दुवैले समान ५२ गोल गरेका थिए।
सन् २०२१ मा सुरु गरिएको यो पुरस्कार बार्सिलोनाका फर्वाड रोबर्ट लेवान्डोस्कीले दुई पटक र म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले एक पटक जितेका छन्।
75
Shares

प्रतिक्रिया