खेल


यी ६ खेलाडी : जसले जित्न सक्छन् आज बालोन डि’ओर

यी ६ खेलाडी : जसले जित्न सक्छन् आज बालोन डि’ओर

नेपालखबर
असोज ६, २०८२ सोमबार १६:२१, काठमाडौँ

विश्वका उत्कृष्ट पुरुष र महिला खेलाडीहरूलाई प्रदान गरिने बालोन डि’ओर अवार्ड सोमबार घोषणा हुँदै छ।

गत सिजनमा उनीहरूले गरेको प्रदर्शनका आधारमा दुई बालोन डि’ओर अवार्डका विजेताहरूको घोषणा पेरिसको थिएटर डु च्याटलेटमा एक समारोहमा गरिनेछ।

गत महिना मनोनयनमा परेका ३० खेलाडीको नाम सार्वजनिक गरिएको थियो। 

तर प्रदर्शनका आधारमा हेर्दा पुरस्कारका लागि छ जना प्रमुख दावेदार देखिएका छन्। 

ओस्मान डेम्बेले (पीएसजी)
पेरिस सेन्ट–जर्मेनलाई लिग १ जिताउन, पहिलो पटक युरोपेली च्याम्पियन बन्न र क्लब विश्वकपको फाइनलमा पु¥याउँदा ओस्मान डेम्बेलेले महत्वपूर्ण भूमिका खेलेका थिए।

उनले लिग १ मा २९ खेलबाट २१ गोल गरेर संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बने। उनी लिग वान वर्ष खेलाडीको अवार्ड पनि जितेका थिए।
२८ वर्षीय डेम्बेले च्याम्पियन्स लिगको सिजनको प्लेयर अफ द सिजन पनि बने। 

उनले इन्टर मिलानविरुद्धको ५–० को फाइनल जितमा दुई असिस्ट गरेका थिए। 

त्यसपछि डेम्बेलेले क्लब विश्वकपको क्वार्टरफाइनल र सेमिफाइनलमा क्रमशः बायर्न म्युनिख र रियल म्याड्रिडविरुद्ध गोल गरे। यस वर्षको बालोन डि’ओरको सबैभन्दा बलियो दाबेदार उनैलाई मानिएको छ। 

ह्यारी केन (बायर्न म्युनिख)
इंग्ल्यान्डका कीर्तिमानी गोलकर्ता ह्यारी केनले आफ्नो हरियरकै पहिलो प्रमुख उपाधि गत सिजन जितेका थिए।

बायर्न म्युनिखलाई बुन्डेसलिगाको उपाधि दिलाउनु नै उनको एक प्रमुख उपाधि हो। 

३२ वर्षीय खेलाडीले २६ लिग गोल गर्दै बुन्डेसलिगाको सर्वाधिक गोलकर्ता पनि बने। सिजनमा उनले तीन ह्याट्रिक गर्न सफल भए। 

केलियन एम्बापे (रियल मड्रिड) 
फ्रान्सका फरवार्ड केलियन एम्बापेले स्पेनमा आफ्नो पहिलो सिजनमै ला लिगाको सर्वाधिक गोलकर्ता बने। उनले ३१ गोल गर्दै बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीलाई सिजनका अन्तिममा चार गोलले पछि पारे।

एमबापेले यो गोल संख्या ३४ खेलबाट बनाएका हुन्। उनले भालाडोलिड र बार्सिलोना विरुद्ध ह्याट्रिक पनि गरे। च्याम्पियन्स लिगको नकआउट प्लेअफ राउन्डमा म्यानचेस्टर सिटीलाई पराजित गर्दा पनि उनले ह्याट्रिक गरेका थिए। 

२६ वर्षीय खेलाडी फ्रान्सका लागि ५० गोल गर्ने तेस्रो खेलाडी हुन्। जुनमा उनले आफ्नो देशलाई नेशन्स लिगमा तेस्रो स्थानमा पुग्न मद्दत गर्दा यो आँकडा हासिल गरेका थिए।

राफिन्हा (बार्सिलोना)
ब्राजिलियन फर्वाड राफिन्हाले २०२४–२५ मा बार्सिलोनालाई तीन ट्रफी जित्न मद्दत गरे। गत सिजन बार्सिलोनाले ला लिगा, कोपा डेल रे र सुपरकोपा डे एस्पाना जित्दै घरेलु लिगमा कब्जा जमायो। 

जसमा १८ गोल र नौ असिस्टले राफिन्हालाई ला लिगाको सिजनको उत्कृष्ट खेलाडीको अवार्ड दिलाए।

२०२२ मा लिड्स युनाइटेडबाट बार्सिलोना सरेका २८ वर्षीय ब्राजिलियन फरवार्डले च्याम्पियन्स लिगमा संयुक्त रूपमा शीर्ष स्कोररको स्थान पनि लिए।

बायर्न म्युनिखमाथि ४–१ को जितमा ह्याट्रिक सहित १४ खेलमा उनले १३ गोल गरे।

मोहमद सालेह (लिभरपुल)
मोहम्मद सलाहले लिभरपुललाई २०औँ पटक इङ्लिस च्याम्पियन बनाउन गत सिजन ठूलो भूमिका खेले।

२९ गोल र १८ असिस्टसहित ४७ प्रिमियर लिग गोलमा संलग्नता रह्यो। उनले ३८ खेलको सिजनमा सबैभन्दा धेरै गोलको रेकर्ड पनि बराबरी गरेका छन्। 

यो गोल संख्याले उनलाई चौथो पटक गोल्डेन बुट दिलायो। जुन आर्सनलका दिग्गज थिएरी हेनरीसँग बराबरी रेकर्ड हो। 

३३ वर्षीय सलाह दोस्रो पटक प्रिमियर लिगको वर्ष खेलाडी पनि घोषित भए।

इजिप्टका फरवार्डले अन्तिम १६ मा पेरिस सेन्ट जर्मेनसँग पराजित हुनु पहिले तीन गोल गरेका थिए। 

ल्यामिन यमाल (बार्सिलोना) 
१८ वर्षीय विङ्गर ल्यामिन यमालले बार्सिलोनालाई स्पेनी ला लिगा, कोपा डेल रे र सुपरकोपा डे एस्पानाको ट्रेबल जिताउन मद्दत गरेका छन्। 

उनले सेप्टेम्बरमा ला लिगाको महिनाको खेलाडीको अवार्ड जितेका थिए। सिजनको ला लिगा र च्याम्पियन्स लिग टोलीमा यामल महत्त्वपूर्ण सदस्य थिए।

उनले नेसन्स लिग सेमिफाइनलमा फ्रान्समाथि ५–४ को जितमा स्पेनका लागि दुई गोल गरे। यद्यपि टोली फाइनलमा पोर्चुगलसँग पेनाल्टीमा पराजित भएको थियो। 

-बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad