खेल


राखेपका नवनियुक्त सदस्यसचिव सिलवालको सपथ सोमबार दिउँसो

राखेपका नवनियुक्त सदस्यसचिव सिलवालको सपथ सोमबार दिउँसो

नेपालखबर
असार २३, २०७६ सोमबार ६:३९,

खेलकुद मन्त्रालयले सिलवालको सपथ ग्रहणको आन्तरिक तयारी गरिरहेको युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनारका स्वकिय सचिव सुशिल विकले जानकारी दिए।

मन्त्रालयका अनुसार दिउसो ३ बजे सिलवाललाई सपथ ग्रहण गराउँने तयारी गरिएको छ। गत असार ९ गते केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्यसचिव पद रिक्त थियो। मन्त्रालयले आइतबार सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो।

सिलवाल गोल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिलवालका निकट सम्बन्ध रहेको छ। हालको युवा संघ नेपाल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका रुपमा स्थापना हुँदा त्यसमा अध्यक्ष ओली थिए भने सिलवाल कार्यकारी सदस्य थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad